काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह
महेन्द्रनगर - नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन ।
शनिबार उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी), सचिवमा अनिल चन्द , सहसचिव लक्ष्मण सिंह नेगि , कोषाध्यक्ष जयराज पनेरु चयन भएका छन् ।
सदस्यहरूमा जगदीश बहादुर भाट, राम दत्त जोशी , दिवाकर प्रताब सिंह, गणेश राज जोशी , टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रकाश पाठकले बताउनुभयो ।
अध्यक्षमा चयन भएका गणेश बहादुर सिंहले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्...




















