Advertisement

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवार नै प्रहरीले पक्राउ गरेको छ । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिसवर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए ।
मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन। एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आँखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाब दिदै गाली गलोज, कुटपिट गर्दै आईरहेको बताएकी छन्। शुक्रवार राति पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरूले बताएका छन्।
मृतकका भाई सुनील सुनारले दिदीको हत्या श्रीमान र कान्छी श्रीमतीले नै गरेको दाबि गरेका छन्। कामबाट फर्केर खाना खाई थकाई मेटाउन बेडमा सुतिरहेको अवस्थामा दिदीको एकै छिनमा मृत्यु हुने कुरा असम्भव रहेकाले आत्महत्या नभई हत्या भएको उनको दाबी छ।
मृतक सुनारको शव पोष्टमाटमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक सुनारको छोरा रोजगारीको शिलशिलामा भारतमा भएको हुदा पोष्टमार्टम पनि उनको छोराआएपछि मात्र गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज