महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न नगर सम्मेलनबाट सार्कीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम रान, नर बहादुर धामी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु तेज बिक, रमेश तिरुवा, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, समाजका अनुशासन आयोग सदस्य तारा रैकाल, अमिर तिरुवा, सुनकेसा नेपाली, लक्ष्मी ताम्रकार, महेश भट्ट लगायतका सहभागी भए ।
मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यतामा सम्मेलन गरिएको छ । समाजका कावा अध्यक्ष राजेन्द्र आग्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रमेश तिरुवाले राखेका थिए ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।