Advertisement

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महेन्द्रनगर बजारका मुख्य चोकहरूमा उल्लासमय माहोल सिर्जना गरेको छ । प्रहरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म ढोलकको तालमा झुमेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार प्रहरीको यो सहभागिता केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक विकृति–विसंगतिलाई रोक्न सचेतना फैलाउने उद्देश्यले गरिएको बताए ।

प्रहरीले होलीलाई मर्यादित बनाउन ट्राफिक नियम पालना, सभ्य तरिकाले पर्व मनाउने, अपराध रोक्ने जस्ता सन्देशसहितका गीत गाएर सचेतना फैलाएका छन् । सामुदायिक प्रहरी साझेदारीसंग समन्वय गर्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय नागरिकले पनि सहभागिता जनाएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले होलीलाई मर्यादित बनाउन गरिएको समन्वय सकारात्मक रहेको बताए ।

यस वर्षको होलीमा गाउँ–सहरमा उत्साह छ । घरबाट टाढा रहेका धेरै मानिसहरू पर्व मनाउन गाउँ फर्किएका छन् । यस्तै अवस्थामा प्रहरीले पर्वको मर्यादा कायम राख्न तथा दुर्घटना तथा अपराध न्यूनीकरणका लागि सचेतनामूलक होली खेल्नु उदाहरणीय कार्य भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज