महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्मचारी खटिने भएकाछन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एईई परीक्षाका लागि ३७ परीक्षा केन्द्र तोकिएका छन् । २०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ । जिल्ला समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टका अनुसार ५ सय ६१ जना निरीक्षक खटिने छन । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जनाका दरले ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । यसरी जम्मा १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित हुने जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय कञ्चनपुरले जनाएको छ । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० जना छात्र र ४ हजार ६९ जना छात्रा गरी ८ हजार ६ सय ४९ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी नियमित प्राविधिकर्फ ७४ जना छात्रा र १ सय जना छात्रले सहभागीता जनाउनेछन् । ग्रेडबृद्धिका लागि साधारणतर्फ एक हजार २ सय ६५ जना छात्रा र १ हजार १ सय ७७ जना छात्र सहभागी हुनेछन् । ग्रेड बृद्धिकालागि प्राविधिक धारका ३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
चैतको ७ गतेदेखि संञ्चालन हुने एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।