४ असार, काठमाडौं ।
काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेकोसूचना अधिकारी पार्वती हितानले अनलाइनखबरलाई जानकारी दिइन् । गत जेठ २० गते पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।
त्यसअघि उनीहरूबीच स्पष्टीकरण सोध्ने र बुझाउने क्रम चलेको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण आफूलाई चित्त नबुझेको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बन विरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।