कञ्चनपुर । कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होली खेलेका हुन । रंगहरुको पर्व होलीको सरक्षणका साथै असशक्त पत्रकारहरुलाई सहयोगार्थका लागि होली खेलेको जनाएका छन ।

एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया एव पत्रकार महासंघ निवर्तमान जिल्ला सचिव राजेन्द्र प्रशाद अवस्थीले होलीको उद्घाटन गरेका छन । होलीको उद्घाटन गर्दै पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रोकाया र निर्वतमान सचिव अवस्थीले नेपाली धर्म, संस्कृति, कला सरक्षणका लागि होली पर्व खेलेको बताएका छन ।

मंगलबारदेखि शुरु भएको होली कार्यक्रम शुक्रबारसम्म संचालन हुने छ । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत रहेका पत्रकारले होली खेलेका छन । गत बर्षपनि पत्रकारहरुले यसरी नै होली खेलेर अनाथालयमा सहयोगदेखि अन्तर प्रदेशमा अध्ययन अवलोकन भ्रमण गरेका थिए ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।