अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …
काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेखि सुरु हुने भनिएको छलफल अहिलेसम्म सुरु हुन सकेको छैन।
कार्कीसँगै केही दिनदेखि परामर्श र वार्तामा रहेका ओमप्रकाश अर्यालले सुरुमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरसँग बैठक हुने अनि त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीको निर्णायक कुराकानी हुने बताए।
उनका अनुसार यसमा कुरा मिले सम्भवतः आजै कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषदको अध्यक्षको रूपमा जिम्मेवारीको सपथ लिन सक्नसक्छिन्। अधिकांश बुँदामा सहमती भएपनि केही बुँदामा अझै छलफल चलिरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए।
सो छ...




















