नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधीन भवनको तेस्रो ढलान सम्पन्न
जेठ २९ काठमाडौँ।तामाङ समुदायको साझा संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधीन एकमात्र ऐतिहासिक तामाङ संस्कृतिक भवनको आज तेस्रो ढलान गरिएको छ।
बिगत लामो समय देखि निर्माण कार्य थालेका तामङ भवनलाई ३ न. प्रदेश सांसद हिमाली गोलेको पहलमा २० लाख रुपैया बजेट विनियोजित गरेपछि पछिल्लो चरण गति लिन थालेको राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिण बलले सुनापति न्युजलाई जानकारी दिनुभयो ।
राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योन्जनले भवन निर्माणमा समुदाय स्तरमा सहयोगको धेरै हारगुहार गरे सबैको थोरै भए पनि लगानी भएमा समुदायको भवन प्रती माया जागिन्छकी भन्ने हेतुले तर समुदायबाट भनेको जस्तो सहयोग नआएको बताउदै सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनका धनी महानुभाव लगाएत सरकारका तिनै वटा निकायलाई धन्यवाद व्यक्त गर्दै धन भएर के गर्नु मन नभएसि धनका मालिक तामाङहरु संग आशा नगर्ने तामाङ जातिको इत...











