सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)
असार १२ रामेछाप । सुनापति गाउँपालिकाको नवौ गाउँ सभाले आगामी वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ ।
सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको सभाध्यक्षकोमा गाउँपालिकाले विपद्, पूर्वाधार र उद्यम‚ विकास‚ स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम उपाध्यक्ष गिता विष्टले प्रस्तुत गरेकी हुन् ।
सुनापति गाउँपालिकाकोे आगामी आथिक बर्षको बजेट भने असार २३ गते सार्वजनिक गर्ने जानकारी दिए । उपाध्यक्ष गिता विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम
आदरणीय सभाअध्यक्ष एवं गाउँ सभासदस्यज्यूहरु,
१. यस गाउँपालिकाको नवौ गाउँसभाबाट आ.व.२०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न पाउँदा म गौरवान्वित भएको छु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन लगायत विभिन्न आन्दोलन र संघर्षको क्र...











