Advertisement

आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

काठमाडौँ  ।  सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।

उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए। 

धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए।

उनका अनुसार सुर्खेत र सल्यानको सिमाना धारापानी भन्ने ठाउँमा अन्तिम सम्पर्क भयो। धर्माकुमारीले श्रीमान्लाई आफ्नो अवस्था सामान्य रहेको, आरामले यात्रा गरिरहेको, बसमा अरू मानिस रहेको हुँदा चिन्ता नगर्न भनिन्। त्यसपछि भने फोन सम्पर्क हुन नसकेको दलबहादुरको भनाइ छ। 

अरू यात्रुका अनुसार धर्माकुमारी बसेको सिटपछि अर्कोमा आठबिसकोटकै अर्जुन केसी थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्। बान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलिथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्यालनजिकको २ नम्बर सिट छोडिदिए। सिटमा आमा–छोरा बसे। केसी १ नम्बर सिटमा एक्लै बसे। 

सुर्खेतको बोटेचौरमा आइपुगेपछि धर्माकुमारीले दुई–तीन पटक बान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसेको आठबिसकोटकै अर्जुन विष्टले बताए। विष्टका अनुसार मध्यरात भइसकेको थियो। सबै यात्रु निदाएजस्तै वातावरण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिने किरण रोएको आवाज आयो। यसो फर्केर हेर्दा बच्चा सिटदेखि तल खसेको देखेँ’, विष्टले भने, ‘त्यसपछि मलगायत अरूले भाउजू नाता पर्ने धर्माकुमारीलाई उठाउन खोज्यौं। तर, उहाँ हलचल गर्नुभएन।’

धर्माकुमारी चीर निद्रामा परिसकेकी रहेछन््। उनको अवस्थाले बसका सबै यात्रु दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्‍याउने कुरा चल्यो। धर्माकुमारीकै गाउँका अर्की एक महिला पनि बसमा थिइन्। उनले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।

बच्चा रोइरहेको हुँदा केसीलगायत यात्रुले पालैपालो बोके। बच्चा फकिएन। रोइरह्यो निरन्तर। त्यसपछि धर्माकुमारीकै काखमा बच्चालाई राखिएको थियो। त्यही बेला केसीले तस्बिर खिचेको जनाइएको छ। यात्रुले उक्त घटनाबारे राति नै धर्माकुमारीका श्रीमान्लाई खबर गरे। कोहलपुुर चौराहामा पुग्दा बिहानको ५ बजिसकेको थियो। श्रीमान् दलबहादुर र काका मनीराम आइपुगे। 

मनीरामका अनुसार नाबालक छोरा बुवा देखेर अलिक शान्त बने।  ‘धर्माकुमारीलाई तत्कालै नेपालगन्ज मेडिकल कलेज कोहलपुर लग्यौं। त्यहाँ पनि उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज लग्यौं। डाक्टरले दुई–तीन घण्टाअघि नै मृत्यु भइसकेको बताए। हामी छाँगाबाट खसेझै भयांै’, उनले भने। 

राडी हुँदै जाजरकोट, सुर्खेत राकम, सल्लीबजार सल्यान, पुनः सुर्खेत मेहेलकुुना, छिन्चु हुँदै बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५–६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलोमिटर रहे पनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ। गाडी विस्तारै उज्यालो भएपछि कोहलपुर पुग्ने गरी गुड्छ।

उनीहरू धर्माकुमारीलाई लिएर शुक्रबार बिहान ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेका थिए। उक्त अस्पतालले तत्कालै भेरी अस्पताल नेपालगन्जमा रेफर गरेको थियो। भेरी अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। अस्पतालको इमर्जेन्सीमा कार्यरत प्रहरी जवान दीपेन्द्र बीसीले घटना सुनाए, ‘बिहान ६ बजे इमर्जेन्सीमा आउनुभएको थियो। डाक्टरले दुई–तीन घण्टा अगाडि नैै मृत्यु भइसकेको भन्दै मृत घोषणा गर्नुभएको थियो।’ 

शवको पोस्टमार्टम गरिएन। नेपाली सेनामा कार्यरत उनका दाजु रत्न मल्लले बहिनीको अन्तिमपटक मुख हेर्ने भनेपछि शुक्रबार दिनभर शव भेरी अस्पतालमै राखिएको थियो। मल्ल शनिबार बिहान २ बजेतिर मात्र डडेलधुराबाट नेपालगन्ज पुगेका थिए। 

बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीमा शनिबार बिहान ९ः३० बजे धर्माकुमारीको दाहसंस्कार गरियो। सामाजिक सञ्जालमा फोटो भाइरल भएका कारण स्वस्फूर्त रूपमा दाहसंस्कारमा मलामीको संख्या धेरै भएको थियो। राप्ती नदीमा पुग्दा झन्डै १५० मलामी भएको काका ससुरा मनिराम बटालाले बताए। 

राप्ती नदीमा शनिबार बिहान ९ः३० बजेतिर धर्माकुमारीको दाहसंस्कारका क्रममा ३२ महिनाका किरण नेपालगन्जको घरबारी टोलमा हजुरबुबा मनिरामको घरमा बालबालिकासँग थिए। उनी बेला–बेलामा आमालाई सम्झेर रोए। मनिरामले अन्नपूर्ण पोस्ट्सित टेलिफोन सम्पर्कमा भने, ‘घरि निदाउँछ। बिउझिँदा मम्मी–मम्मी भन्छ। बाबाबाहेक अरू कसैसँग बस्न मान्दैन।’ 

नेपालगन्जबाट शनिबार साँझ रुकुम पश्चिम फर्कँदै गर्दा उनी बाबाको काखमै बसेका थिए। जसरी आमाको काखमा नेपालगन्ज आउँदाको बखतमा झैं। बाबाको काखमा पनि आमा नै खोजिरहेका छन्। अरूसँग त बस्न नै मान्दैनन्। रिजर्ब गरिएको गाडीमा उनीहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बबई, सुर्खेतको हर्रे, छिन्चु, सल्ली बजार, राकम, जाजरकोटको छेडागाड, कुदु मटेला हुँदै रुकुम पश्चिमको आठबीसकोट पुग्नेछन्। 

दलबहादुरले धर्माकुमारीको उपचार पहिले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गरिएको बताए। केही दिनअघि मात्रै पश्चिम रुकुमको सल्ले पुगेर उपचार गराएकी थिइन्। चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, बिसेक भएन। दलबहादुरका अनुसार धर्माकुमारी मुटुका बिरामी थिइन्। रक्तचाप उच्च र कम हुने समस्या थियो। श्रीमतीको उपचारमा करिब ४ लाख खर्च भएको उनले सुनाए। 

उनका अनुसार घरमा आमाछोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्। दलबहादुर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका बेला जेठी श्रीमतीले साथ छाडिन्। जेठी श्रीमतीपट्टि १२ वर्षका छोरा छन्। धर्माकुमारीतर्फ सात वर्षकी छोरी र ३२ महिनाको छोरा छन्। उनी नेपालगन्जमा रहेर निर्माणसम्बन्धी कामका लागि जिल्लामा सामग्री पठाउने गर्थे। ठेक्कापट्टामा संलग्न थिए।अन्नपूर्ण पोष्टबाट साभार 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज