
रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुनापति गाउँपालिका ३ नम्बर वडा सभापति प्रताब मोक्तान निर्विरोध चयन गरिएको छ।
गत भदौ २३ गते नेपाली कांग्रेसको १४ औं अधिवेशनले मोक्तानलाई सर्वसहमत चयन गरिएको हो । २०४८ साल देखि नेपाली कांग्रेसका क्रियाशील सदस्य पाएका मोक्तान दन्दकालमा किसान संघका सचिव समेत भएका छन् । निरन्तर नेपाली काँग्रेस लागि परेतापनि करिब ३० वर्षपछि १४ औं अधिवेशनले मोक्तानलाई वडा सभापति चयन गरिएको छ।
वडा सभापति मोक्तानले नेपाली कांग्रेसमा होमिएको ३० वर्षपछि आफ्ना पाटीले वडा सभापतिको जिम्मेवारी दिएकोमा गुनासो व्यक्त गर्दै १४ औं अधिवेशनबाट वडा सभापति चयन गरिएकोमा विभिन्न तह र तप्काका अग्रजहरुलाई धन्यवाद व्यक्त गरिएको छ ।
त्यसैगरी मोक्तानले आगामी चुनावमा सम्पूर्णको साथ र सहयोगको साथ अगाडि बढ्ने लक्ष्य राखिएको सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।