Advertisement

बबरमान तामाङको सभाध्यक्षमा सुनापतिमा १४ जना जेष्ठ नागरिक सम्मानित

रामेछाप। सुनापति गाउँपालिका वडा नं. ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

स्ह्यार गुम्बाको आयोजनामा सुनापति गाउँपालिका वडा नं. ३ स्थित साविक वडा नं. २ को १४ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ। यसैबीच गुम्बाले ८० वर्षदेखि माथिका ३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मानित गरेको हो ।सो अवसरमा स्ह्यार गुम्बा निर्माणको लागि जग्गादाता ज्ञानीमाया तामाङ, गुम्बा निर्माण कमिटीका अध्यक्ष प्रेमबहादुर तामाङलाई  दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मान गरिएको थियो । 

स्ह्यार गुम्बाका अध्यक्ष बबरमान तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा श्रेद्धय धर्मगुरु देलेक स्याक्या लामा प्रमुख अतिथी रहेका थिए । कार्यक्रमका विशेष अतिथी सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङ, नेपाली कांग्रेस सुनापति गाउँपालिकाका उपसभापति मिलन मोक्तान, सुनापति गाउँपालिका पशु विभाग प्रमुख खड्क कुमार मैनाली, महिला विभाग प्रमुख उर्मिला दाहाल, पञ्जिकरण विभाग प्रमुख लक्ष्मी मगर, डम्फु संघका उपाध्यक्ष धन कुमारी तामाङ, बौद्ध जागरण केन्द्रका सदस्य केशरी स्याङवो, कुमारी लामा, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेका थिए ।

कार्यक्रममा सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जेष्ठ नागरिकको सम्मान र प्रोत्साहनका लागि सदैव तत्पर रहेको बताउँदै जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष बाबुराम तामाङले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै गुम्बाका  अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष बबरमान तामाङले समाजमा इतिहासका रुपमा हेरिँदै आएका जेष्ठ नागरिक  परिवार र  समाजका गहना भएकोले सबैले जेष्ठ नागरिकहरुलाई आदर र सम्मान गर्नुपर्ने बताए । 

स्ह्यार गुम्बाको  प्रागानमा भएको धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै जेष्ठ नागरिक सम्मान कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू नवराज घोरासैनी, आशा लामा (ज्ञानमाला)  सूर्यमणि आचार्य, राजेन्द्र गिरि (जादुगर), सुनिता सुनेल, अरुन लामा, रोजी थापाको बेजोड प्रस्तुति दिएका थिए भने, कार्यक्रम सञ्चालक प्रवीन कुमार बलले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज