महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा वडा कार्यालयको आर्थिक सहयोग तथा सामाजिक अगुवाहरुको अगुवाईमा श्रीमद् भागवत सप्ताह सुरु गरिएको हो । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष एव महायज्ञ मुल आयोजक समितिका संयोजक महेशदत्त जोशीले बेदकोट नगर धार्मिक पालिका भएको भन्दै सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए ।

‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’ महायज्ञबाट नैतिक शिक्षादेखि समाजिक बृद्धि विकासका लागि हामीले प्रण गरेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक ज्ञान बृद्धि आवश्यक रहेको बताए । ‘हाम्रै नगरको शिरानीमा शिवालय सहितका थुप्रै धार्मिक स्थल छन, ‘उनले भने, ‘धार्मिक पर्यटन बृद्धि विकासका लागि महायज्ञ संचालनबाट थप योगदान पुग्छ ।’
महायज्ञ उद्घाटन गर्दै बेदकोट नगर प्रमुख भोजराज बोहराले शान्ति, सम्बृद्धि, उन्नतीका लागि महायज्ञ संचालन गरिएको बताए । रौटेला, बैजनाथ धार्मिक धाम सहितका थुप्रै धार्मिक पर्यटक क्षेत्र रहेको र महायज्ञ संगै थप धार्मिक पर्यटन बृद्धि विकास हुने अपेक्षा राखे । भक्तिबाट ज्ञान आर्जन गर्न सकिने भएकाले मेयरले जिवनमा भक्तीपनि आवश्यक रहेको औल्याए । सातदिनसम्म संचालन हुने महायज्ञमा आचार्य पण्डित हरि प्रशाद भट्ट सहितका आचार्य कथा बाचकहरुले प्रवचन दिने छन । महायज्ञमा कथा बाचन, योगदेखि विभिन्न धार्मिक कार्यक्रम संचालन गरिनेछन ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।