Advertisement

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।

बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ।

विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिको छिमेकी राष्ट्र भारतमा समेत ३ वटा शाखा सञ्चालनमा रहेको इन्स्टिच्युटका प्रबन्ध निर्देशक बिष्णु साउदले जानकारी दिनुभएको छ। यसभन्दा अगाडी कैलालीको धनगढीमा र अत्तरियामा शाखा सञ्चालन ल्याइसकेको प्रबन्ध निर्देशक साउदले बताउनुभएको छ। उहाँले भन्नुभयो ‘ हामिले इन्स्टिच्युटमा विद्यार्थीको आवश्यक्ता अनुसारको कक्षा सञ्चालन गरि अनुभवी शिक्षकहरूबाट कक्षा सञ्चालन गरिरहेको छौं।,  हामिले भारतमा पनि ३ वटा शाखा सञ्चालन गरेर कार्य गरिरहेका छौं भने यसभन्दा अगाडी धनगढी र अत्तरिया शाखा सञ्चालनमा ल्याइसकेका छौं।‘ साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको उहाँले बताउनुभएको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी धनगढी र अत्तरिया शाखामा ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने भारतमा रहेका तिन वटै शाखामा १ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिहेका छन्।

त्यसैगरी ग्लोबल इन्स्टिच्युट शाखाका प्रमुख रोसन साउदले विगत १५ वर्षदेखि इन्स्टिच्युटले विद्यार्थीहरूको लागि जसरी अनुभवी शिक्षक द्वारा कक्षा सञ्चालन गरिरहेको छ त्यसरी नै महेन्द्रनगर शाखामा पनि कक्षाहरू सञ्चालन गरिने बताउनुभएको छ।उहाँले विद्यार्थीको उज्जवल भविष्यको लागी आफू लगायत ग्लोबल इन्स्टिच्युट महेन्द्रनगर शाखाको टिम निरन्तर कार्य गर्ने प्रतिवद्धता गर्नुभएको छ।

त्यस्तै धनगढी शाखाका प्रमुख तथा कोरियन भाषाका शिक्षक चक्र देउवाले ग्लोबल इन्स्टिच्युटले विद्यार्थीहरूलाई दक्ष र अनुभवी शिक्षकबाट अतिरिक्त कक्षाहरू समेत सञ्चालन गराइरहेको बताउँदै इन्स्टिच्युटले विद्यार्थीको उज्जवल तथा राम्रो भविष्यको लागी कार्य गर्ने बताउनुभयो। कार्यक्रममा शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत स्थानीयको समेत भव्य उपस्थिती रहेको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज