महेन्द्रनगर– नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा मान बहादुर चन्द पुनः सर्वम्मत चयन भएका छन् । लालझाडी गाउँपालिकास्थित शंकरपुर स्वास्थ्य चौकीमा शनिनबार सम्पन्न १२ औं अधिवेशनबाट तीन वर्ष कार्यकालका लागि चन्द अध्यक्षमा चयन गरिएका हुन् ।

समितिको उपाध्यक्ष कमला जोशी र दिनेश राज भट्ट चयन गरिएका छन् । समितिको सचिवमा लाल बहादुर बिष्ट र सह सचिव लोकराज पन्त चयन भएका छन् । उपाध्यक्ष भट्ट र सचिव विष्ट पनि समितिमा दोहोरिएका हुन् ।

समितिमा पुनम कुमारी राना,राजु दाहाल,नरेन्द्र चन्द ,दिपेन्द्र कुमार वड,महेश खत्री,सुरेश पन्त ,जय बहादुर कुवर,गोपाल भट्ट,राजेन्द्र खडायत , ,तुलसी बोगटी,झुस राम सार्की,खगेन्द्र भण्डारी सदस्य चयन भएका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कमला बोहरा, कञ्चनपुर निर्वाचन क्षेत्र नं। १ का साँसद तारालामा तामाङ्ग, एमाले जिल्ला लक्ष्मी बुढा, सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापा, कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, माला गौतम,संगठनका सुदूरपश्चिम प्रदेश महासचिव महादेब जोशी लगायतले सहभागी भए ।

स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।