महेन्द्रनगर–जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर १२ रहेको जोगबुडा अस्पतालले शुक्रबारदेखि आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको हो । परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले विधिबधरुपमा पुजा आजा गरी नयाँ भवनबाट सेवा प्रवाहको समुद्धघाटन गरेका हुन् ।
अस्पतालको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख जोशीले चाडो भन्दा चाडो अस्पतालको थप, उपकरण सेवा सहित ब्यवस्थापकिय पक्षमा पहल गरिने बताए । संघ र प्रदेश सरकार समक्ष पटक–पटक पहल भइ रहेको उहाँले बताउनुभयो ।

भित्री मधेशका जनताले बाह्य शहर र मुलुकमा धाउनु नपरोस भनेर अस्पतालको सेवा प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख जोशीले बताउनुभयो । ‘स्वास्थ्य सेवा बाट परशुराम र आलितालका कोहि पनि बासिन्दाले बाह्य मुलुक र धनगढी, काठमाडौं, नेपालगन्ज धाउनु नपरोस भनी जोगबुडा अस्पतालको सेवा प्रभावकारी बनाउने प्रण लिएका छौँ । हरेक आर्थिक वर्षमा नगरपालिकाले नागरिकको समस्यालाई मध्यनजर गरि निस्शुल्क बिशेषज्ञ स्वास्थ्य सिबिर समेत आयोजना गर्न लागि परेका छौँ,’ नगर प्रमुख जोशीले भन्नुभयो ‘बिशेषज्ञ, एमडि डाक्टर उपलब्ध छन । तर डाक्टर लाई बस्ने, वातावरण मिलाउनु पर्नेमा उहालाई तर्साउने, सामाजिक सञ्जालमा नगरपालिकाको व्ययभार बढ्यो लगायतका टिकाटिप्पणीले डाक्टरहरुलाइ कामकाज गर्न अप्ठ्यारो हुने गरेको छ । सुझाव ,सल्लाह दिनुस तर काम गर्ने वातावरण बनाउनुस् ।’

स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।