Advertisement

कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि पाठेघरको मुखको क्याम्पसबाट बाच्नका लागि मंगलबारदेखि एचपिभी खोप अभियान शुरु भएको छ । मंगलबार कञ्चनपुर जिल्लामा जानकी कन्या मावि विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । जिल्ला समन्वय प्रमुख दुर्गादत्त जोशीको सभापतित्व तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अभियानको औपचारीकरुपमा सुभारम्भ गरीएको छ । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु भएको छ ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापाकोटाले पाठेघरको क्यान्सरबाट बच्नको लागि सबै लक्षीत महिलाले लगाउन आवश्य रहेको बताउनुभयो । बार्षिकरुपमा महिलाहरुले पाठेघरको क्यान्सरबाट मृत्युबरण गरीरहको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थी र अन्य विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समुहलाई निर्धक्क भएर एचपिभी खोप लगाउन आग्रह गर्नुभयो ।

 

त्यसैगरी समुदघाटन कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले समयमा पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएर क्यान्सर हुनबाट जोगिन सबैमा आग्रह गरे । कोरोनाकालमा पनि खोप लगाउने व्यक्तिले कम समस्या झेले भने खोप नलगाउने मानिसले मृत्यू बरण गरेको उल्लेख गर्दै समन्वय प्रमुख बोहराले एचपिभि खोप पनि समयमा लगाउन लक्षीत समुदाय तथा उमेर समुहलाई आग्रह गरे ।

 

त्यसैगरी महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले पाठेघर विरुद्धको एचपिभी खोप डब्लुएचएले प्रमाणित गरेको खोप भएकोले एकदमै सुरक्षित रहेको बताउदै ढुक्क भएर खोप लगाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लाले भीमदत्त नगरपालिकासंग समन्वय गरेर सदरमुकाम महेन्द्रनगर स्थित जानकी कन्या मावि र अन्य पालिकाले आ–आफ्नो निश्चित एक स्थान छनौट गरेर खोप अभियानको उद्घाटन गरेर जिल्लाभरी एकसाथ अभियान शुरु भएको बताउ ।

 

स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने लक्ष राखेको छ । आज माघ २२ मंगलबार देखि शुरु भएको खोप अभियान ६ फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ । जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई अभियानको क्रममा खोप दिईने छैन । विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने छ । ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक खटिएका छन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सुरेश धामी, महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्डेण्ट डा. अर्जुन भट्ट, जिल्ला स्वास्थकार्यालयका स्वास्थ्य कर्मी, स्वास्थ्यस्वयमसेवक, विद्यालयका विद्यार्थीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज