पत्रकारीता क्षेत्रका हस्ती पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित
महेन्द्रनगर–पत्रकारीता क्षेत्रका हस्ती एवं बरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । भीमदत्त नगरपालिकाको ४७औँ स्थापना दिवसको अवसरमा पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।
भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरेका थिए । तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिता क्षेत्रका गुरुकै रुपमा परिचित छन । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । बरिष्ठ पत्रकार भण्डारी रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।...
















