महेन्द्रनगर–पत्रकारीता क्षेत्रका हस्ती एवं बरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । भीमदत्त नगरपालिकाको ४७औँ स्थापना दिवसको अवसरमा पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।

भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरेका थिए । तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिता क्षेत्रका गुरुकै रुपमा परिचित छन । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । बरिष्ठ पत्रकार भण्डारी रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।
स्याडो भ्वाइस मिडिया प्रा. लि. द्वारा सञ्चालित ओझेलका खबर 4K डटकम ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।