औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव २०८१ संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा कोटेसन माग गरिएको छ । आईतबार कञ्चनपुर उद्योगबाणिज्य संघ कञ्चनपुरले आईतबार एक सूचना जारी गरी मेला संञ्चालनका लािग आवश्यक पर्ने सामाग्रि तथा सेवा खरिद गर्न कोटेशन माग गरेको हो ।
संघले स्टल निर्माण, सुरक्षा, साउण्ड सिस्टम, छपाई, यातायात, पार्किङ र आवास शिर्षकमा मेला संञ्चालन गर्दा आवश्यक पर्ने सामाग्रि तथा सेवा आपूर्तिका लागि ईच्छुक फर्म, कम्पनी, संस्थालाई सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कोटेशन पेश गर्न सूचना प्रकाशित गरेको छ ।
उद्योग बाणिज्य संघद्धारा प्रकाशित सूचनामा स्टल निर्माणतर्फ ५ वटा स्वागतद्धार, १०/१० वटा शौचालय/टिकट घर, वटा स्टेज(३२बाई४०) र टिनको छाना र छेकवार सहितको २५० वटा स्टलका लागि कोटेशन माग गरिएको...














