Advertisement

भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस सम्पन्न, प्रमुख प्रशासकिय अधिकृतसहित पत्रकारसम्म सम्मानित

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले छैटौँ स्थापना दिवस मनाएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाले स्थापना दिवस मनाएको हो । नगरपालिकाको ४७ औँ वर्ष तथा छैटौँ स्थापना दिवसका अवसरमा विभिन्न १४ क्षेत्रमा योगदान गरेका १५ जना व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विभिन्न १४ विधामा पुरस्कारसहित सम्मान गरिएको बताउनुभयो । पत्रकार खेम भण्डारीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, भीमदत्त नगरपालिका–१८ का अन्तराम भट्टलाई प्रजातन्त्र तथा लोकतन्त्र पुनस्र्थापना एवम् प्रवद्र्धन मा पु¥याएको योगदानका लागि शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, सीमा तथा भूमी रक्षामा योगदान पु¥याएका भीनपा–०९ का राम नाथलाई शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार प्रदान गरिएको छ ।

 

किसानको हकहित तथा जागरणमा योगदान पु¥याएका भीनपा–११ का किसान विर बहादुर खड्कालाई शहिद भीमदत्त पन्त किसान पुरस्कार, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याएका भीनपा–१४ का रतनपती जोशीलाई पहलमान सिंह स्वार साहित्य पुरस्कार, मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा योगदान पु¥याएका भीनपा–०२ का गिरीराज शर्मालाई जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार, खेलकुद क्षेत्रको विकासमा योगदान गरेका भीनपा–१० का तारा सिंह भाट र भीनपा–०३ का जीवन गौतमलाई बाकावीर खेलकुद पुरस्कार प्रदान गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भीनपा–१८ का स्वर्गिय यज्ञराज भट्टलाई द्धारिकादेवि ठकुरानी शिक्षा पुरस्कार, विज्ञानको क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका भीनपा–०२ का संदेश मालीलाई विज्ञान प्रविधि पुरस्कार, असहाय जेष्ठ नागरिक र बाल बालिकालाई सहयोग तथा महिला सशक्तिकरणका क्षेत्रमा योगदान पु¥याएका भीनपा–१८ का अशोक विक्रम जैरुलाई असहाय सेवा सहयोग पुरस्कार, जैविक विविधता संरक्षण तथा फोहोरमैला व्यवस्थानमा काम गर्दै आएका भीनपा–०९ का वीर बहादुर खड्कालाई वन वातावरण संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी उल्लेख्य र नियमित रुपमा करराजश्व भुक्तान गर्ने भीनपा–१८ का लक्ष्मीदत्त पाण्डेयलाई उत्कृष्ट करदाता पुरस्कार, को–पाइलट बनेर उड्डेयन क्षेत्रमा सक्रिय भीनपा–०६ की सृष्टि विष्टलाई एनडि प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र प्रकृति संरक्षण र समुदायको हितमा समर्पित भीनपा–१६ का लव बहादुर विष्टलाई प्रेमसिंह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार प्रदान गरिएको छ । उनिहरुलाई नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नगरप्रवक्ता पदमराज अवस्थी र सामाजिक विकास समितिका संयोजक सुशिल भट्टले संयुक्त रुपमा खादा, दोसल्ला, नेपाली ढाका टोपी, नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख बोगटीले सम्मानित हुनेहरुरलाई बधाई व्यक्त गर्दै भीमदत्त नगरको विकासका लागि सबैले एक भएर लाग्नुपर्ने बताए । ‘लोभ लालच नमानेर इमान्दारीताका साथ काम गरेपछि कसैले कसैलाई हल्लाउन सक्दैन । त्यसैले इमान्दार भएर काम गर्नुहोला ।’ उनले भने ‘सम्मानित हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई यो नगरको विकासका लागि यहाँहरुको साथ सहयोग र सबैले एकजुट भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा नगरउपप्रमुख जोशीले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारी बिच नङ र मासुको सम्बन्ध भएको भन्दैँ समृद्ध भीमदत्त नगर निर्माणमा मिलेर काम गर्नुपर्ने बताइन् । स्थापना दिवसका अवसरमा नगरपालिकाले अवकास प्राप्त एवम् अन्य कारण कार्यालय छोडि गएका ११ जना र उत्कृष्ट ३८ जना कर्मचारीलाई समेत सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज